प्रकृतिका तत्वको समिश्रणबाट अदृश्य शक्तिको संयोजनमा हाम्रो शरीरको रचना भएको छ। भगवानको अंश (आत्मा) हाम्रो शरीरमा छ।यो कर्म प्रधान संसार, जहाँ कर्म गरेर जे पनि पाईन्छ, त्यसैले भगवानले आफ्नो सर्वोत्कृष्ठ कर्मयोगी अवतार मानवको श्रृष्टि गरेको होला। भनिन्छ, स्वर्गमा आफ्नो कर्मबाट आर्जित फलको भोग गर्ने मात्र सुविधा छ। कर्म गर्ने अवसर पृथ्वी लोकमा मात्रै छ त्यो पनि मानव जुनी मा मात्र संभव छ। ईश्वरको चाहना हो कि मानवले पृथ्वी लोकमा भगवानको चाहना बमोजिम कार्य गर्दै जाओस्, जसबाट ईश्वर आफ्नो कल्पनाअनुसारको परिक्षणमा सफल होस्।
हाम्रोजीवनईश्वरकोयोजनावद्धकार्यकोफलहो।मानिसकोशरीरहुन्छ,शरीरमाआत्मारहृदयहुन्छ।आत्मा, हृदय र मस्तिष्क एक प्रकारको यस्तो प्रणालि हो जुन आफ्नै शैली अनुसार कार्य गरिरहेका हुन्छन। मानिसको शरीर, आत्मा र हृदयको बारेमा परिकल्पना यस्तो हुन सक्छ।
यो भौतिक शरीर हामीले मातृभूमी र प्रकृतिबाट ऋणलिएका तत्वहरुको संयोजनबाट बनेकोछ। ऋण लिएका बश्तुहरु यस लोकबाट आफु संगै परलोकमा लिएर जान सकिंदैन, जुन तपाँईहाम्रैआआँखा अगाडी सत्यछ।आफुले आफैंलाई सोध्दा पनि जवाफ पाईन्छ कि म भनेको यो शरीर होईन, म शरीर भन्दा पृथक हुँ। शरीर मेरो कार्य यन्त्र हो। यसबाट म कर्मभूमीमा कर्म गर्न चाहान्छु र सक्छु पनि। कुनै पनि कर्म गर्न जानकारी हाँसिल गर्नका लागि यो शरीरमा ईन्द्रिय र कर्मेन्द्रियहरुको संरचना राखिएको हो।
अतः शरीरको सहायताबाट जीवन कालमा केही कर्तब्यहरु पुरा गर्नु पर्छ। जीवनका अनेक कर्तव्यहरु छन। ति कर्तव्यहरु (जिम्मेवारीहरु) हामीले जीवन कालमा नै पुरा गरेर जान सक्नु पर्दछ। कर्तव्यहरु पुरा गर्न नसकेको जीवन अधुरो हुन्छ। सबै कर्तव्यहरु सफलतापूर्वक सम्पादन गर्न सकेको खण्डमा मात्रै जीवन सफल रहेको मानिनेछ।
हाम्रो जीवन ईश्वर, माता–पिता, प्रकृति, गुरु, समाज र मातृभूमी द्वारा निर्मित भएकोछ। उहाँहरुले हाम्रो जीवनलाई योग्य बनाउन पनि पुरापूर सहयोग गरेकै हुन। अन्यथा हाम्रो जीवन अहिलेको अवस्थामा सायद हुदैनथ्यो होला। हाम्रो जीवनलाई योग्य बनाउने ईश्वर, माता–पिता, प्रकृति, गुरु, समाज र मातृभूमिका लागि हामीले केही गर्नु पर्छ कि पर्दैन? यो बिषय सबैका लागि सोचनीय बिषय हुनु पर्दछ। पृथक पृथक रुपमा हामीले आआफ्नो स्थानबाट केही गरेका पनि छौं होला। त्यस पृथक प्रयासले हाम्रो मातृभूमिको शौन्दर्य झल्काउन सकेनौं, प्रकृतिको सुन्दरता प्रष्ट्याउन सकेनौं, समाजको उत्थान गर्न सकिएन। कसैबाट हामीले केही लिन्छौं भने हामीमा त्यो ऋण रहन्छ। हाम्रो जीवनको ऋण हामीले जीवन कालमा नै चुक्ता गर्नु पर्दछ, यो पनि हाम्रो एक प्रमुख कर्तव्य हो। जीवनका कर्तव्यहरु निर्वाह गरेर जीवनको ऋण कसरी चुक्ता गर्ने सम्बन्धमा हामि सबै चिन्तनशील हुनु पनि हामी कर्तव्यपथमा अग्रसर हुनु हो। यसकारणले हामी सबैको यस वर्तमान समयमा सबै एकजुट भएर जीवनको कर्तव्य पथमा अगाडी बढी ईश्वर, माता–पिता, प्रकृति, गुरु,समाज र मातृभूमि प्रतिका दायित्वहरु पुरा गर्ने सोंचको परिकल्पना गरिएको छ।
ईश्वर, माता–पिता, प्रकृति, गुरु, समाज र मातृभूमिबाट निर्मित हाम्रो यस जीवनबाट उहाँहरुको के अपेक्षा होला? उहाँहरुले अपेक्षा गरे अनुरुपको मार्गमा हामीले जीवनका कर्महरु पनि गर्नु पर्दछ होला। सबैको जीवन काल सर्वोत्कृष्ठ कर्ममा मात्रै लागोस भन्ने अपेक्षा गरिएको हुन्छ। जीवनको उद्देश्य नै सफल जीवनको उपलब्धी हो। संसारका प्राणीहरु सबैको जीवन काल छ। आहार, निन्द्रा, भय र मैथुन सबै प्राणीमा छ। आफ्नो प्रकारको आवास, क्रिडा, समाज, स्नेह, माया, अहंकार प्राणीहरुमा छ। तर मानिसको जीवन अरु प्राणीको जीवन भन्दा के के कुरामा फरक छ। मानव भएर हामीले यो फरक के हो? र के का लागि हो भनेर बुझ्नै पर्छ। पहिलो फरक मानिसको मस्तिष्क अरु प्राणीको भन्दा बढी विष्लेशण गर्न सक्छ, बढी बिवेक छ, दोस्रो फरक उत्कृष्ठ संचार क्षमता छ, यो यथार्थ परक तर्क हामीले गर्न सक्छौं। तर के यस फरकबाट हामीले हाम्रो जीवन सफल बनाउन सकेका छौं? वा हामी पनि अरु प्राणीले जस्तै खाने, डुल्ने, आराम गर्ने, बच्चा जन्माउने, घर बनाउने र अहंकार, काम, क्रोध, लोभ, मोहमा मात्रै सिमित राखी समय व्यतित गरिरहेका छौं? मानव जीवनका निर्देशित लक्ष्यहरु के होलान ?
सृष्टि एउटा विधान, नियम अनुसार चलिरहेको छ।यो मानिसको क्षमता बाहिरको संयोजन हो। यसमा हामी न केही परिवर्तन गर्न सक्छौं, न यसलाई चलाउन नै सक्छौं। यो सृष्टिमा मानिसको जीवन पनि ईश्वरको योजनाबद्ध कार्यको फल हो। मनुष्य जीवन अति विशिष्ट बनाउन हामीलाई भगवानले मानिसको चोलामा जन्माएको हो तर जीवनको रचना मात्र अति विशिष्ट होईन, यसलाई कर्मद्वारा हामीले अति विशिष्ट बनाउनु पर्दछ। हामीमा कर्म गर्ने क्षमता निहित गरिएको छ। हामी कर्मयोगी प्राणी हौं। हामीले ईश्वरको चाहनालाई साकार पार्न मानव जीवनका लागि निर्देशित कर्महरु गर्नु पर्दछ। ईश्वरको ईच्छा पनि यही हो, जुन हाम्रो कर्तव्य हो। यस लोकमा सत्य कामहरु भईरहेका छन। कर्म गरे सो अनुसारको फल पाईन्छ नगरे सो अनुसारको फल पाईन्छ ।
मानिसलाई विवेक र संचार क्षमतायुक्त बनाई अरु प्राणी भन्दा फरक गरेको छ। हुन सक्ने सम्मको राम्रो काम गर्नु भनेर नै भगवानले हाम्रो आत्मालाई मानिसको चोलामा जन्माएको छ। यो माटोले हामीलाई पालेको छ। भगवानको चाहना अनुरुप पनि यस धर्तीमा राम्रा कामहरु गर्न हामीले मानवीय क्षमताको सही सदुपयोग गर्नै पर्दछ। जीवनकालमा मानवीय जीवनका कर्तव्यहरु पुरा गर्नु पर्दछ।
आजको बिश्वमा नेपाल किन पिछडिएको होला? हाम्रा पुर्खाहरु देखि अहिले सम्म कति पुस्ता भए होलान, कल्पना भन्दा बाहिर छ। के हामीहरु पशु जस्तै जीवन यापन गर्ने प्राणीका सन्तान हौं त? अवश्य पनि होईनौं। प्रकृतिले माँया गरेको देश नेपाल हो। यस भन्दा अति धेरै बिकट हावापानी र भू-भाग भएका देशहरु आाज बिकासको अग्र पङ्तिमा छन।
नेपालको हाम्रो मातृभूमि, प्रकृति, नेपाली समाज, सर्वोत्कृष्ठ देखिउन भन्ने चाहना हामी सबैको हुनु पर्दछ। त्यसका लागि हामीले आ–आफ्नो स्थानबाट के कार्यहरु गरेका छौं। हामीले गरेका कर्महरुबाट समग्र चाहानाको परिपुर्ति हुने मुल कर्मधार बनेकोछ त? यदि छैन भने हाम्रो चाहना पुरा हुन कर्महरुको मुलधार बन्नु पर्छ बनाउनै पर्दछ।
माथिको खण्डबाट हामिलाई जानकारी भयो कि मानिस अन्य जनावरहरु भन्दा दुईटा फरक क्षमताले भिन्न छ। ति के भने मानिसमा संचार क्षमता अन्य जनावरहरुको तुलनामा विशिष्ट श्रेणीको छ, अर्को क्षमता भनेको मानिसको बिबेक अरु प्राणी भन्दा बढी र फरक छ। मानिस यिनै दुईटा क्षमताको कारण बिशिष्ट प्राणी हुन पुगेको छ। मानिसले यि दुईटा औजारको जीवनमा सदुपयोग गरी रहनु पर्दछ। मानिसले यि औजारहरुको प्रयोग जीवनका कर्तब्यहरु पुरा गर्न, सत-कार्यहरु गर्न, हाम्रा जीवनका दायित्वहरुमा कृतिहरु छोडनका लागि पुरापुर प्रयोगमा ल्याउनु पर्दछ।
अर्को कुरा हरेक मानिसको जीवनमा ७ वटा कुराहरुको महत्वपूर्ण लगानी रहेको हुन्छ। त्यो के भने
१. भगवानको लगानी- भगवानले हामिलाई मानिसको चोलामा जन्माई दिएको छ। भगवान संगको हाम्रो लगाव जहिले सम्म रहि रहन्छ, वा अर्को शब्दमा भगवानले जहिले सम्म हामिलाई आशिर्वाद दिई रहन्छन हामि यो भूमिमाजीवित रहि रहन्छौं।
२. आमा बुवाको लगानी- हरेक मानिसको जीवन निर्माणमा आमा बुवाको ठुलो योगदान रहेको हुन्छ। आमा बुवाको कारण हाम्रो जन्म भएको हो, पालन पोषण भएको हो। अर्को शब्दमा भन्नु पर्दा महिला र पुरुषको उपज हौं हामि।
३.प्रकृतिको लगानी- मानिसको अस्तित्व राखि राख्न प्रकृतिको ठुलो योगदान रहन्छ। हरेक पल हामिलाई चाहिने प्राणवायु(Oxygen) प्रकृतिले निरन्तर प्रदान गरि रहेको हुन्छ। यहाँ एउटा बैग्यानिक तथ्य राख्न चाहन्छु, प्रकृतिमा एउटा ठुलो हुर्केको बृक्षले औषत रुपमा २४ घण्टामा साढे दुई किलो अक्सिजन उत्पादन गर्न सक्छ ।जब कि एकजना मानिसलाई २४ घण्टा बाँच्नका लागि १६ किलो अक्सिजन आवश्यक पर्दछ। यसको अर्थ १६ किलो अक्सिजन उत्पादनका लागि हामिलाई ७ वटा बिरुवा आवश्यक पर्न जान्छ। एकजना मानिस १०० बर्ष बाँच्नका लागि १०० बर्ष सम्म ठुल-ठुलो ७ बृक्ष हुर्कि रहनु प-यो। यस कारण पनि पृथ्बीमा बाँच्ने हरेक मानिसले ठुलो ७ बृक्ष त हुर्काई नै राख्नु प-यो। नत्र प्रकृतिको ऋण हामि माथि रही रहने देखिन्छ।
४. गुरुको लगानी- यहाँ गुरु शब्दले मानिसलाई जानकार बनाउने कार्यलाई संबोधन गरिएको छ। हाम्रो गुरु आमा बाबु, समाज, साथिभाई, शिक्षक, स्वयं आफैं, घटना, समस्या जो पनि हुन सक्छन। यस गुरुको कार्यले हाम्रो जीवन उत्कृष्ठता तर्फ अगाडी बढी रहेको हुन्छ।
५. राष्ट्र र समाजको लगानी- समाजले मानिसको अनुशासन कायम राखेको हुन्छ, मानिसलाई हौसला प्रदान गरेको हुन्छ, बाँच्न प्रेरित गरेको हुन्छ, संघर्षशील हुने उर्जा प्रदान गरेको हुन्छ इत्यादि। राष्ट्रले हरेक मानिसलाई पहिचान दिएको हुन्छ, एउटा गौरव, सामुहिक बल, उर्जा, अभियान र मार्ग-दर्शन दिएको हुन्छ।
६. भूमिको लगानी- हामि जीवन पर्यन्त यस भूमिमा बस्छौं। जिवनका हरेक कृयाकलाप हामि यस धर्तिमा नै गरिरहेका हुन्छौं। मरणोपरान्त पनि हामि यसै भुमिमा बिलिन हुन्छौं। यस भूमि बाटै उब्जेको अन्नपानी खान्छौं। यसकारण यस भुमिको हाम्रो जिवनमा ठुलो योगदान रहेको छ।
७. स्वयंको लगानी:- यसरी ६ वटा पक्षबाट पाएको हाम्रो यो जीवन लाई धन्य बनाउन हामि आफैंले पनि यो जीवनमा लगानी गर्नु पर्दछ। जीवनलाई राम्रो बाटोमा डो-याउनु, जीवनमा राम्रा कामहरु गर्नु, राम्रो संगत गर्नु, उपलब्धीहरु हाँसिल गर्नु र सफल जीवन बनाउनु हाम्रो आफ्नै पनि कर्तब्य हुन आउँछ यो जीवनका लागि। हाम्रो आफ्नो लगानीले यो जीवन अझै उपलब्धीमूलक हुन जानेछ।
हाम्रो जीवनका छ वटा लगानीकर्ता भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज र भुमि रहेका छन। यिनैको योगदानले हामि (सातौँ) यस धर्तिमा छौँ। हामि लगायत भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज यसै भुमि माथि भएकोले यस अभियानको नाम “मातृभूमि अभियान “ राखिएको हो। यस अभियानमा हामिले २४ घण्टाको समयबाट सबै ७ वटा क्षेत्र(स्वयं, भगवान, आमा बाबु, प्रकृति, गुरु, राष्ट्र र समाज र मातृभूमि) प्रतिको दायित्व निर्वाहका लागि समय छुट्टयाउनु पर्दछ जुन हाम्रो कर्तब्य हुन आउँछागरे।
हाम्रो पूर्वीय दर्शन, बिभिन्न धार्मिक शास्त्र र परम्परा अनुसार भनिएको छ कि हरेक मानिसमा भगवानको अंश (आत्मा) को बास रहेको हुन्छ। भनिन्छ- आत्मा मानिसको शरीरमा रहुन्जेल मानिस जिवित हुन्छ, आत्माले छाडे पछि मानिसको देहावसान हुन्छ। आत्मा मानिसको शरीरमा रहुन्जेल (भगवानकोअंश) आत्मामा जुन गुणहरु हुन्छन ति गुणहरु तिब्र चाहनाको रुपमा हरेक मानिसमा रहेका हुन्छन।
अब यहाँ ब्याख्या गरौं कि इश्वरको अंश, आत्मा यानि भगवानमा के गुणहरु रहेका हुन्छन त ? यसको ब्याख्या श्रीमदभगवद गीतामा उल्लेख गरिएको छ। एक पटक परासर ऋषिले अध्ययन गरेछन र भगवानको परिभाषा यस प्रकारले गरेका रहेछन। त्यो केन्द्र वा परिकल्पना जसमा निम्न गुणहरु एउटैमा रहेको हुन्छ त्यसलाई भगवान मान्न सकिन्छ भनेर उनले ब्याख्या गरे।
सुन्दर- संसारमा भगवान भनेको त्यो हो जुन सबै भन्दा सुन्दर हुन्छ। मानिसले गरेको सुन्दरताको कल्पना भन्दा पनि बढी सुन्दर हुन्छ।
शक्तिशाली- भगवान संसारमा यति शक्तिशाली हुन्छ कि त्यसले जे पनि गर्न सक्छ। भगवानको शक्तिको कल्पना पनि गर्न सकिदैन। जे पनि गर्न सक्छ।
बिद्वान- भगवान यति बिद्वान हुन्छ कि उसलाई थाहा नभएको कुनै कुरै हुदैन। संसारमा रहेको अहिलेको सम्पूर्ण ग्यान, मानिसले अहिले गरेका आविस्कार, बिग्यान, खोज त भगवानमा भएको बिद्वताको अगाडी केही पनि हैनन। मानिसको मनको कुरा बुझ्नु भगवानको लागि केही पनि हैन। कति थाहा छ कति, हाम्रो कल्पना भन्दा पर।
प्रख्यात- भगवान यति प्रख्यात हुन्छ कि श्रृष्टिका सारा प्राणि जगत सबैलाई थाहा हुन्छ भगवानको बारेमा। यसलाई अर्को शब्दमा भन्दा भगवान सर्बव्यापि हुन्छ। ब्रह्माण्डकोकण-कणमाभगवानहुन्छ।
धनी- संसारमा भगवान जत्तिको धन अरु कसैसंग वा कतै हुन सक्दैन। अहिलेको समयमा संसार भरिमा रहेको कुल धन त भगवानको सामुन्ने केही पनि हैन, भगवानसंग रहेको धनको तुलना मा नगण्य हो।
त्यागि- भगवान यति त्यागि हुन्छ कि माथि उल्लेख भएका ५ वटै कुराहरु कसैलाई सम्पूर्ण रुपमा दिई दिन सक्छ। सबै कुरा त्याग गर्न सक्छ। सबै संगको छलफलबाट निस्केको एउटा कुरा हामिले तल थप गरेका छौं।
अमर- भगवान अमर हुन्छ। मृत्यु भन्ने कुरा भगवानमा हुँदैन। (विद्वानहरु संगको छलफल बाट आएको कुरा राखिएको)
मानिसमा आत्मा (भगवानको अंश) को बास हुने भएकोले मानिसले भगवानमा रहेका क्षमताहरु प्राप्त गर्ने अति तिब्र चाहना राखेको हुन्छ। मानिस शुन्दर हुन, सके सम्म प्रयासरत रहेको हुन्छ, शक्तिशाली बन्ने अति तिब्र चाहना राख्छ, बिद्वान हुन खोज्छ, प्रख्यात हुन खोज्छ, धन कमाउने तिब्र ईच्छा राखेको हुन्छ, त्यागि पनि बन्न खोजेको हुन्छ र सदैव अमर हुन खोजेको पनि हुन्छ।
अब मातृभूमि अभियानको चर्चा गरौं।
यो अभियान माथि चर्चा गरेका ७ वटा कुराहरु (स्वयं, भगवान, आमाबाबु, प्रकृति, गुरु, राष्ट्र समाज र मातृभूमि) का लागि थालनी गरिएको छ। यो राष्ट्रिय अभियानको रुपमा थालनी हुनेछ।
जीवनका दायित्वहरु पुरा गर्ने क्षेत्रहरु
१. ब्यक्तिकालागि- कुनै पनि मानिसले चाहेका सबैकुराहरु (सुन्दर, शक्तिशाली, बिद्वान, प्रख्यात, धनी, त्यागि र अमर) प्राप्त गर्न नसक्ला। तर जसको जे मा संभावना छ, उस लाई त्यसको उचाईमा पुग्ने संभव भए सम्मका अवसरहरु प्रदान हुने कार्यक्रमहरु संचालन गर्ने। यस अन्तरगत गर्न सकिने कार्हरु यस प्रकार हुन सक्छन,
स्वस्थशरीरकालागिगरिनेनित्यसत्कर्महरु (दैनिकनियमितशारीरिकव्यायाम, सन्तुलित आहार बिहार, पूर्ण आराम, सकारातम्क सोंच, शुन्दर पहिरन तनाव रहित जीवनशैली, जीवनमा सुरक्षा र सावधानी आदि) स्वस्थ मस्तिष्कका लागि गरिने नियमित कार्यहरु (नियमित शुन्दर परिकल्पना, योग, लेखन, पठन पाठन, अध्ययन, योजना निर्माण, बिभिन्न कार्यको बिश्लेषण जीवनको लक्ष्य निर्धारण कार्यआदि) आँटिलो, अबिचलित जीवनशैली (कर्तब्यबोध, कर्तब्यपरायणता, प्रतिबद्धता, चिन्तन-मनन, ध्यान,साधना,अठोट,निर्णायक क्षमताको बिकास, त्याग र समर्पणको बिकास आदि) आदर्श ब्यवहारको अनुपालन ( बोली बचन, दया प्रेम, सेवा सहयोग, आदर सम्मान, ऐक्यबद्धता, समझदारीको भरपुर बिकास आदि) जीवनमा उपलब्धि हाँसिल गर्न सकिने कार्यमा सहभागि गराउने। आर्थिक स्वतन्त्रताको बाटोमा अगाडि बढने कार्यहरुमा सहभागि गराउने।
“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समय आफ्ना लागि खर्च गर्न तया र हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।
२. भगवानकोलागि- भगवानको लागि हामिले गर्न सक्ने त शायद केही होला। तर पनि पूर्वीय दर्शन अनुसार इश्वर प्रतिको हाम्रो दायित्व, आस्था, श्रद्दा भक्ति र सम्मानका खाँतिर निम्नानुसार गर्ने।
(छुटेका मन्दिरहरु थप हुँदै जाने)
क्र.सं. | जिल्ला | देवी देउताका प्रख्यात मन्दिरहरु |
---|---|---|
१ | ताप्लेजुङ | पाथीभरा, ओलाङ्चुङगोलागुम्बा |
२ | ईलाम | माईपोखरी, माईथानमन्दिर |
३ | पाँचथर | गढीमाईथान, सिद्धेश्वरी, थाक्लेमन्दिर |
४ | झापा | माईधार, सतासीधाम |
५ | संखुवासभा | सभापोखरी |
६ | तेह्रथुम | म्याङलुङ(सिंहबाहिनी) देवी, चिचिलिङ पोखरीमाईशंकरथान, औंशीडाँडादेवी, गौखुरी, हात्तिकोपाईला, |
७ | धनकुटा | गुफापोखरी, खुखुछिन्ताङ्ग |
८ | भोजपुर | सिद्धकाली, कालिमाई |
९ | सुनसरी | दन्तकाली, बराहक्षेत्र, लक्ष्मीनारायण, शिवपार्वतीरदुर्गा |
१० | मोरङ | कालिका, संसारीमाई |
११ | सोलुखुम्बु | दूधकुण्ड |
१२ | ओखल्ढुङ्गा | कुन्तादेवी, ककनीमाई, मोलिमाईथान, भैरवथान, जलजलेमहादेवथान, कोटगढीदेवी, जालिमपोखरी, लगलगेमाई |
१३ | खोटाङ्ग | हलेसीमहादेव, बराहापोखरी, भवगतीथानरदेवीथान |
१४ | उदयपुर | चुरियामाई, महाभारत, रौनापोखरी |
१५ | सप्तरी | सखडाभगवतीमाँ, भारदहकंकालि, छिन्नमष्ता, राजदेवी, शंभुनाथ |
१६ | सिराहा | फूलबारी |
१७ | दोलखा | भिमसेन, कालिञ्चोक, सैलुङ्गेश्वरमहादेव, हलेश्वरमहादेव, जिरेश्वरी, गुप्तेश्वरी, लाकुकामहादेव |
१८ | रामेछाप | खाडादेवी, महादेवस्थान, ईन्द्रवती, भिमेश्वरमहादेव, थानापतिबहिरामहादेव |
१९ | सिन्धुली | कमलामाई, सिन्धुलीमाई |
२० | धनुषा | रामजानकीमन्दिर, हनुमानमन्दिर, शिवमन्दिर, संकटमोचन, राजदेवीमन्दिर |
२१ | महोत्तरी | जलेश्वरमहादेव, ब्रम्हस्थान, महादेवस्थान |
२२ | सर्लाही | डुमडुमेमहादेव, सन्तोषीमाता, चर्तुरभूजेश्वरमहादेव |
२३ | रसुवा | गोसाईकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड, कालिकाहिमालय, भुमेस्थानमाई |
२४ | नुवाकोट | माईस्थान, भैरवीमन्दिर, दुप्चेश्वरी, जलपादेवी |
२५ | धादिङ | त्रिपुरासुन्दरी, दोलामण्डली, सल्यानकोटभगवती, सत्यदेवी, गंगाजमुनादार्खा |
२६ | सिन्धुपाल्चोक | गौराती, पाल्चोकीमाई, भैरवकुण्ड, पाँचपोखरी, दूधपोखरी, ढाडकीदेवी, सुनकोशीमहादेव, |
२७ | काठमाण्डौ | पशुपतिनाथ, गुहेश्वरी, गोकर्णेश्वर, बौद्धनाथ, स्वयम्भुनाथ, त्रिपुरेश्वर, महाकालस्थान, कालिकास्थान, नक्सालभगवती, गणेशस्थानकमलादी, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, बुढानिलकण्ठ, संकटा, कालभैरव, आकाशभैरव |
२७ | काठमाण्डौ | पशुपतिनाथ, गुहेश्वरी, गोकर्णेश्वर, बौद्धनाथ, स्वयम्भुनाथ, त्रिपुरेश्वर, महाकालस्थान, कालिकास्थान, नक्सालभगवती, गणेशस्थानकमलादी, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, बुढानिलकण्ठ, संकटा, कालभैरव, आकाशभैरव, गणेशस्थानचावहिल, स्वेतभैरव, मातातिर्थ, मच्छेनारायण,शोभाभगवती |
२८ | भक्तपुर | चागुनारायण, सुर्यबिनायक, कार्यबिनायक, जलबिनायक, थलबिनायक, सिद्धिबिनायक, न्यातपोल, तलेजुभवानी |
२९ | ललितपुर | बज्रबाराही, बटुकभैरव, बगलामुखी, कृष्णमन्दिर, कुम्भेश्वर, तलेजु, जलबिनायक, सरस्वतीलेले |
३० | काभ्रेपलान्चोक | पलान्चोकभगवती, नमोबुद्ध, ब्रम्हायणी, चण्डेश्वरी, नालाभगवति, हनुमानमन्दिर |
३१ | चितवन | देवघाट, गणेशथान |
३२ | मकवानपुर | भुतानदेवीमन्दिर, पशुपतिनाथमन्दिर, चुरियामाई, सिन्धुथान |
३३ | पर्सा | माईस्थान, नागस्थान, बिर्तामाई, सूर्यनारायणमन्दिर, बिन्दबासिनी, गहतामाई |
३४ | बारा | गढीमाई, |
३५ | रौतहट | शिवमन्दिर, |
३६ | गोरखा | मनकमना, गोरखनाथमन्दिर, गोरखकाली, अकलादेवी, अन्नपूर्णा, नामजुङ्गथान |
३७ | तनहुँ | छाब्दीबाराही, दुधबाराही, थानीथान, पुर्कोट, ब्यास, दमौली, सिद्धबाबार्मिलुङ्ग, छिम्केश्वरी, श्रीगुफा |
३८ | कास्की | बि३न्दबासिनी, तालबाराही, भिमकाली, गुप्तेश्वरमहादेव, बौद्धस्तुपा |
३९ | स्याङजा | चण्डीथान, नुवाकोटभैरवथान, कालिकादेवी, शितलदेवी, गरुकालिका, आलमदेवी, बलामदेवीथान |
४० | मनाङ | |
४१ | लमजुङ | गाउँशहरकालिका, अकलामाई, काउलेपानी, उदिपुरकालिका |
४२ | पर्वत | पैयौंकोटकालिका |
४३ | म्याग्दी | कालिका, गलेश्वरधाम, तातोपानीधाम |
४४ | मुस्ताङ | मुक्तिनाथ, गोसाईकुण्ड |
४५ | बाग्लुङ्ग | कालिकास्थान, भैरवथान, गाँजाबराही |
४६ | अर्घाखाँची | सुपादेउराली |
४७ | गुल्मी | रेसुङ्गा, ऋषीकेष(रुरुक्षेत्ररिडी) |
४८ | पाल्पा | भैरवमन्दिर, सत्यवती, सिद्धबाबाबा, सितलादेवी, नारायणस्थान, कालिकाभगवतीथान |
४९ | नवलपरासीपूर्व | दाउन्नेदेवी |
५० | नवलपरासीपश्चिम | त्रिबेणीघधाम, मौलाकालिका, कालिकामन्दिर, पालहीदेवी, दाउन्नेदेवी, बाबाबर्दबोरिया |
५१ | रुपन्देही | सिद्धबाबा, मायाँदेवी |
५२ | कपिलबस्तु | तिलौराकोट, बोधगयाँ, बौद्धबिहार, भलावरमाई |
५३ | रुकुमपूर्व | |
५४ | रुकुमपश्चिम | डिग्रेमन्दिर, मुसिमन्दिर, |
५५ | सल्यान | खैरावाङ, कुभिण्डेदह |
५६ | प्यूठान | स्वर्गद्वारी, क्षेत्रवाल, कालिकास्थान, गैमुखीमन्दिर |
५७ | रोल्पा | जलजला, तिम्मुर, सिद्ध, थुनिकोट |
५८ | दाङ्ग | धमेरागुफा, कालिका, कृष्णमन्दिर, बराहाक्षेत्र, अम्वेश्वरी, रिहारमन्दिर, धारापानी, गोरक्ष्यनाथ |
५९ | दैलेख | श्रीस्थान, नाविस्थान, पादुका, धुलेश्वर, कोटेश्वर(कोटिला), मालिठामाई, बेलासपुरेदेव |
६० | जाजरकोट | कालीकामन्दिर, दुर्गाभगवतिकोमन्दिरस्थापनागर्ने। |
६१ | सुर्खेत | देउतीबज्यैं, मष्टा, काँक्रीबिहार |
६२ | बर्दिया | ठाकुरद्वारा, कालिकामन्दिर |
६३ | बाँके | जयबागेश्वरी, पशुपती, रानीतलाउ, कम्मरसाबाबामन्दिर |
६४ | डोल्पा | त्रिपुरासुन्दरी |
६५ | मुगु | छायानाथ |
६६ | कालिकोट | बढीमालिका, चुलिमालिका |
६७ | हुम्ला | खार्पुनाथ |
६८ | जुम्ला | चन्दननाथ, |
६९ | अछाम | बैजनाथ, |
६९ | अछाम | बैजनाथ, |
७० | बझाङ | श्रीबिनायक, जालपादेवी, कालिकादेवी, ब्रडादेवी, सोडसादेवी |
७१ | बाजुरा | भगवतीमन्दिर, मष्टदेवता, सुमादेवी, देवीस्थान, दशरापाटन, तालकोट, बडीमालिका, बुढीनन्द |
७२ | डोटी | शैलेश्वरी, खप्तड, केदारेश्वरमहादेव, सालमनिमहादेव, |
७३ | कैलाली | गोदावरी, घोडाघोडी, मोहन्याल |
७४ | बैतडी | ध-याल, केदार, मेलौली, निङलासैनी, त्रिपुरासुन्दरी, उदयदेव, रानादेव, रौलाकेदार, बासुलिंङ्ग, शिखरकेदार, जगन्नाथ, शिवनाथ, ईश्वरीगंगाधाम, समैजी, कैलपाल, पातालभुमेश्वर, ग्वानीकेदार, पालीमहादेव, टुडेबगाली, बरायलभगवती |
७५ | दार्चुला | हुनैनाथ, मालिकार्जुन,लटीनाथ |
७६ | डडेलधुरा | भागेश्वर, उग्रतारा, घटालबाबा |
७७ | कन्चनपुर | बैजनाथ |
भगवान र धार्मिक क्षेत्रमा बिगतमा गरिएका कार्यहरु-
आगामि दिनका लागि छलफलमा आएका कार्यक्रमहरु मातृभूमि महा–पर्व :- सबै धर्म जातजातिको धार्मिक संस्कृति र परम्पराको सम्मान गरी यो कार्यक्रम आयोजना गरिनेछ। बिक्रम संबतको पहिलो दिन बैशाख १ गतेलाई मध्यनजर राखि यो नयाँ राष्ट्रिय पर्वको थालनी गर्ने लक्ष राखिएको छ। सबै धर्म जात जाति, मान्यता परम्परालाई कसरी यस अभियानमा सहभागि हुने, यस बारेमा छलफल, बिचार बिमर्श, अन्तरक्रियाको कार्यक्रमहरु जारी रहेकोछ। पूर्वीय दर्शन अनुसारको हिन्दू सनातन परम्परा अनुसारको यस अभियानको केही अंश निम्नानुसार उल्लेख गरिएको छ।
(क) भगवानको मन्दिरमा अनलाईन दर्शन गर्न मिल्ने ब्यवस्था
स्थानीय मन्दिर समितिको सहकार्यमा आईपी क्यामेरा स्थापना गरेर देशभरका१०८ मन्दिरहरुको दर्शन गर्न चाहने महानुभावहरुका लागि अनलाईन मार्फत दर्शनको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ।
(ख) दर्शन र तीर्थयात्राको अनलाईन प्याकेज
कुनै पनि मठ मन्दिरमा दर्शन गर्न जाँदाको समयमा बाटोमा पर्ने स्थानहरु समेतको जानकारी मानिसहरुलाई होस भन्ने अभिप्रा:यले बाटोमा पर्ने स्थान, रमणीय स्थलहरु, गाउँबश्ती, शहर बजारको समेत भीडीओ क्लीपहरु बनाएर देवी देउताको दर्शन गर्न मिल्ने यूट्युब भीडीओहरु तयार गरी अनलाईन दर्शनलाई पनि केही यथार्थ परक बनाउने कार्यक्रम रहेको छ।
“हरेक ब्यक्तिले आफु संग हुने२४ घण्टाको समयबाट भगवानका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।“
३.माता-पितामहिलापुरुषकालागिगरिनेकार्यहरु
यस कार्यक्रम अन्तर्गत हामिले परापूर्व काल देखि पालन गर्दै आएको संस्कार, र परम्परा अनुरुप आमा बाबु र पुर्खाहरु प्रति हरेक ब्यक्तिले निर्वाह गर्नु पर्ने कर्तब्यहरुको बारेमा सबैलाई हुने गरि सचेतना र जानकारीमूलक कार्यक्रमहरु संचालन हुनेछन। आमा-बाबु र पूर्खाहरुको चाहना बमोजिमको अनुशासित सन्तति उहाँहरुले देख्न पाउने छन भन्ने अपेक्षा राखिएको छ। यस कार्यक्रम अन्तरगत निम्नानुसारका कार्यहरु गरिने छन।
पुर्खा र पितृहरुका लागि धार्मिक परम्परानुसारका कार्यहरु बिधि बिधानपूर्वक गरि रहने। यसका बारेमा सबैलाई शास्त्रीय बिधि बिधानका बारेमा जानकारीमूलक कार्यक्रमहरु संचालनमा ल्याईने छन।
सबै धर्मले पुर्खाहरुका बारेमा, माता-पिताका लागि हामिले गर्नु पर्ने कर्तब्यहरुका बारेमा नैतिक कुराहरु उल्लेख गरेकै छ। ति कुराहरुका, नैतिकताका बारेमा सम्बन्धित धर्म गुरुहरुबाट सबैलाई नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रम संचालनमा ल्याउने।
आमा-बुवाको सपना साकार गर्ने कार्यमा अगाडी बढने खालका नैतिक कार्यक्रमहरु संचालन गर्ने।
हाम्राआमा-बुबाले गर्न चाहेका तर गर्न नसकि बाँकि रहेका कामहरु अगाडी बढाउने कार्यक्रमहरु संचालन गर्ने।
हरेक प्रदेशमा एउटा एउटा “मातृभूमि आश्रम” बनाउने। यस आश्रममा बालबच्चाहरु हुर्कि सकेका ब्यक्तिहरु जस लाई एउटा सभ्य समाजको आवश्यकछ। यो आवास क्षेत्र आधुनिक सुविधा सम्पन्न हुनेछ। यस आश्रममा घर बनाउँदा सम्बन्धित ब्यक्तिले घर बनाउन आफ्नो लगानि लगाउनु पर्ने, तोकिएको डिजाईनमा घर तयार हुने छन। त्यस आवास क्षेत्रमा खेल्नेठाँउ, पार्क, सपिङसेन्टर, प्रवचन गर्ने ठाँउ, पूजापाठ गर्ने सुविधा, सवारी साधनहरु, पढने अध्ययन गर्ने केन्द्र, गेष्ट हाउस, अस्पताल र सुरक्षाको राम्रो ब्यवस्था रहनेछ। यसले आम मानिसहरुले सुविधायुक्त जीवनशैलीमा बाँच्न सहयोग पु-याउनेछ।
“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट आमाबाबु, पुर्खाहरुका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।
४. प्रकृतिको लागि गरिने कार्यहरु
प्रकृति बाट हरेक मानिसले हरपल बाँच्नको लागि अक्सीजन लिई रहेको हुन्छ। त्यसका खाँतिर पनि हामिले यस धर्तिमा रुखहरु रोप्नु पर्छ। मन्दिरहरुमा रुख रोप्ने कार्यले प्रकृति प्रतिको यस कार्यलाई पनि सहयोग पुग्न जानेछ। पर्यावरण र प्रकृतिक शौन्दर्यको बिकास र बिस्तारमा जोड दिई पर्यटनको बिकासमा सहभागि हुने कार्य संचालन हुनेछ।
यस अन्तरगत गरिने कार्यहरु,
- हरेक सचेत र सक्षम नेपालीले आफ्नो जीवन कालमा आफुलाई नै चाहिने अक्सिजन उत्पादन गर्ने ७ वटा ठुलो बिरुरुवाको रूख १०० बर्ष सम्म बाँचि रहने गरी बृक्षारोपण गरौं यो पनि हाम्रो प्रकृति प्रतिको कर्तब्य हुनेछ। यसका लागि हामिले बृहत बृक्षारोपण कार्यक्रम संचालन गर्ने।
- नदीनाला, ताल तलैयाको सरसफाई, संरक्षण सम्बर्धन कार्य गर्ने।
- प्राकृतिक सम्पदाको संरक्षण सम्बर्धन कार्य गर्ने।
- पर्यावरणीय पर्यटनको बिकास गर्ने।
- प्राकृतिक साधन-श्रोतलाई देश राष्ट्र निर्माणको आधार बनाउने।
- नेपाल प्रकृतिले माँया गरेको बिश्वको पहिलो देश हो। नेपाललाई बिश्वकै रहर लाग्दो प्राकृतिक पर्यावरणको देश बनाऔं। यो कार्य तपाँई हाम्रो सामुहिक प्रयासले केही समय भित्रै संभव छ।
- पूर्वीय दर्शन अनुसार गाई एउटा यस्तो प्राणी हो जसले यो मातृभूमिमा प्राकृतिक वातावरणलाई अनुकुलित बनाउने कार्य गरी राखेको हुन्छ। गाई आफैंमा पर्यावरण सन्तुलनको प्रतिक∕प्राणी हो। यहाँ रहेका स्थानीय जातका गाईहरुको पालनपोषण, संख्यात्मक बृद्धिमा सहभागि हुने।
- विश्वमा सचेत नागरिकहरु प्रकृतिको संरक्षण र सम्बर्धनका लागि यदि चिन्तित हुन सक्छन हामि पनि प्रकृतिका लागि त्यस्तै राम्रा कामहरु गर्न सक्छौं भने हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, हामि सबै एकजुट भएर प्रकृति र पर्यावरणको संरक्षण र सम्बर्धनमा जुटौं।
“ हरेक ब्यक्तिले आफु संग हुने २४ घण्टाको समयबाट प्रकृतिका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो पनि यस अभियानका लागि आधारभूत मान्यता हो।“
गुरु (शिक्षा) क्षेत्रमा सहयोग
शिक्षाको अभावमा कैयन बालबालिकाहरुले आफ्नो प्रतिभाको प्रस्तुति गर्न सकेका छैनन। नेपालमा अहिले देखिएका राम्रा र योग्य मानिसहरु भन्दा अझै बढी प्रतिभाशाली ब्यक्तित्वहरु शिक्षाको अभावमा अगाडी आउन नसकेका पनि होलान। अत: नेपालमा शिक्षा बाट कोही बन्चित नहोउन, यस अभियानमा हामि सबैले आ-आफनो क्षेत्रबाट सक्दो योगदान गरौं। शिक्षा र स्वास्थ्यलाई सबैको पहुँचमा पु-याऔं। यसका लागि हामि सबैले सरकारको कानमा यी कुराहरु एक स्वरमा भनौं।
-हामि संग समय वा पैसा जे छ, कम्तिमा पनि त्यसको दशांस (१०%) शिक्षाका लागि लगानी गर्न सिकौं, र गरौं। यसले देशकै शैक्षिक स्तर माथि उठन जानेछ। यस महान कार्यमा हामि एकजुट भएर अगाडी बढौं।नपढी बस्नेहरुलाई पढन प्रेरित गरौं।
- प्रथम चरणमा कम्तिमा पनि ७५३ स्थानीयपालिकाको प्रत्येक वडा (६७४३वडाहरु) बाट १/१ जना केटी र केटाहरुलाई जुन तहमा जे सहयोग गर्न सकिन्छ सो अभियान संचालन गर्ने। शिक्षा क्षेत्रका बिग्यहरुबाटबिशेष कार्यक्रम तय गरी संचालनमा ल्याउने।
“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट शैक्षिक क्षेत्र (गुरुखण्ड) का लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।“
६. राष्ट्र र समाजका लागि गरिने कार्यहरु:
नेपाल लाई समृद्ध राष्ट्र बनाउनका लागि समृद्धिमुलक अभियानहरु संचालनमा ल्याउनु पर्दछ। समाजको उत्थानका लागि नयाँ सामाजिक, आर्थिक, धार्मिक लगायत समाज उत्थानका अभियानहरु संचालनमा ल्याउनु पर्छ। बिद्ध्यालयहरुमा बिद्ध्यार्थिहरुका लागि संस्कार सहितको शिक्षा दिने कार्य (लगु औषध बिरुद्धको शिक्षा, सुरक्षा शिक्षा आदि) प्रदान गर्ने कार्यक्रमहरु संचालनमा ल्याइने छन। देश भरिबाट देश भक्त, बुद्दिजीवि, समर्पित र लगनशिल हरेक तह र तप्काबाट मानिसहरुको सहभागिता रहने गरी यस अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्ने हुन्छ। हाल हामि मातृभूमि संस्थाबाट “समृद्धिका लागि साझा अभियान” को नाराका साथ अगाडि बढी रहेका छौं।
यस कार्यक्रममा संचालन हुने अभियानहरु,
-प्रथम चरणमा प्रत्येक स्थानीय पालिकाका १० वटा बिद्ध्यालयहरुमा लागु औषध बिरुद्धको शिक्षा र सुरक्षा शिक्षा प्रदान गर्ने। यस बाट हाम्रा बालबलिकाहरु लागु औषधको कुलतबाट, कुनै पनि अपराधको पिडित हुन बाट, खतरा, घटना दुर्घटनाहरु बाट जोगिने छन।
- हरेक बेरोजगार युवाहरुका लागि कुनै न कुनै रोजगारीको बिकल्पको खोजीमा हामि जुटौं। लाग्छ हामिले खोजि नगरेर मात्रै होला नत्र बिकल्प हामि संगै छ, हामि सबैले यसका लागि एकजुट भएर अगाडी बढौं।
- राष्ट्र र समाजका लागि केही गर्छु भन्ने प्रत्येक ब्यक्ति यस अभियानमा खुसीका साथ सहभागि होऔं। सहभागिता मात्रै पनि आफैंमा राष्ट्र र समाजको हितका लागि पहिलो कदम हुनेछ।
- जो सुकैले पनि राष्ट्र र समाजको हितमा गरेका राम्रा कामहरुको निस्वार्थ रुपमा प्रशंसा र समर्थन गर्न सिकौं। यसबाट ति राम्रा काम गर्ने देशभक्त र समाजसेवीहरुको मनोबल बढन जानेछ, अरुलाई पनि राष्ट्र र समाजको हितमा काम गर्ने प्रोत्साहन मिल्न जानेछ।
-राष्ट्र र समाजको हितमा काम गरि रहने देशभक्त र समाजसेवी (राष्ट्रसेवक, आम नागरिक, कृषक अन्य व्यवशायी) हरुलाई सार्वजनिक सम्मानको कार्यक्रमहरु संचालनमा ल्याउने।
- नेपाल राष्ट्रमा, नेपाली समाजमा शान्ति सुरक्षा बलियो र भरपर्दो बनाउन र अपराध मुक्त समाजको बाटोमा उन्मुख हुनका लागि नागरिकहरुको तर्फबाट सक्दो र संभव योगदान रहने गरी “अपराध बिरुद्धको कोष (Anti Crime Fund) खडा गर्ने । यसका लागि सरकार, नागरिक समाज सबैको योगदानको आवश्यकता रहनेछ। जसको संचालन बिधान/कानून बमोजिम नागरिक समितिले गर्नेछ। यसमा सहभागिताको प्रकृया छिट्टै सार्वजनिक हुनेछ।
“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट आफ्नो राष्ट्र र समाजका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।
अहिले देश भरि नै कोभिड-१९ ले हामि सबैलाई त्रसित बनाएको छ । हामि सबैले आ-आफ्नो स्थानमा हामिले आफ्ना लागि गर्न सक्ने सुरक्षा र सावधानी अपनाएर बसी रहेका छौं । केहि हाम्रै दाजु धाई दिदी बहिनीहरु, बाल बालिकाहरु कोभिडको चपेटमा पनि छन । यसको चपेटमा नपर्ने दुखःद समाचारबाट दुखि भई रहेका छन । यो संकटको घडीमा हामि सबैको दुश्मनको रुपमा देखा परेको कोभिडको बिरुध्दमा हामि सबै एकजुट हुन सक्नु र सिक्नु पर्ने कुरा अति महत्वपूर्ण छ । यदि यो महामारीको समयमा हामिले यो कुरा हृदयाङ्गम गर्न सकेनौं भने यो हामि सबैका लागि दुखद महामारी हुन सक्छ । यहाँ कुरा के भने बिश्वका अन्य मुलुकहरुले, ब्यक्तिहरुले सबैले नेपाल लाई केही गर्न नसक्ने प्रकारले ब्याख्या गरेको हामि सुनि पनि रहेका छौं । अबका दिनमा बिश्व सामु हामि सबैले एकजुट भएर कोभिडको बिुरुध्दमा लडेर हामि सबै हाम्रै एकताले सुक्षित हुन सकेको देखाउनै पर्छ ।सबै जागरुक नेपालीले एकमुष्ट रुपमा गच्छे अनुसारको योगदान गरे हामि सफल हुने नै देखिन्छ । यसका लागि नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय पालिकाहरुमा रहेका हामि सबै अभियन्ताहरुले सामुहिक सहयोग गर्ने अनुरोध सबै जागरुक र सक्षम नागरिकहरुलाई गरेर समस्या ग्रस्त ठाउँहरुमा पिडितहरुका लागि केही ग-यौं भने यो हाम्रालागि कोभिड बिरुध्दको लडाँईमा नेपाली नागरिकहरुलाई सहयोग गर्न सक्ने पाईला हुन सक्छ । यसकालागि नेपालमा बसेका हामि नेपालि नागरिकहरु, बिदेशमा बसेका हाम्रा दाजु भाई दिदी बहिनीहरु सबै मातृभूमिमा परेको यस संकटका लागि एक जुट हुनै पर्छ । सहयोगि ब्यक्ति, संस्थाहरुको सहयोगले कोरोना बिरुध्दको लडाँईमा सफलता हाँसिल हुन सक्नेछ ।
यस कार्यका लागि छुट्टै कोष हुने, सबै प्रदेशबाट सहभागिता सार्वजनिक संचालक समिति रहने र के के कार्हरु गर्ने छुट्टै कार्य विधि पनि तयार भई रहेको छ ।
७. भूमिका लागि संचालन हुने कार्यक्रमहरु :
माटोमा हामिले केहि गरेनौं भने केही फल्दैन। मातृभूमिमा माटोको उत्पादन क्षमतालाई सदुपयोगमा ल्याउने।
यस अभियानमा गर्न सकिने केही कार्यहरु
- नेपालको जमीनको उर्वरा शक्तिको सदुपयोग गर्ने, जहाँ जे फल्छ, जे उत्पादन हुन्छ सो कुराका लागि जमीनको सदुपयोग गर्ने, प्रचुर मात्रामा उत्पादन बढाउने।
- जुम्ला, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लाहरुमा स्याउको उत्पादन, मध्य पहाडी जिल्लाहरुमा सुन्तला, जुनार, कागति जस्ता फलफुल, तराँईमा अन्य फलफुलहरु र खाद्ध्यान्नको उत्पादन यत्ति धेरै बढाउने कि जतिको संभावना होस। एक ब्यक्ति ७फलफूलका बृक्ष (१∕७) को हिसाबले हामिले फलफूल प्रचुरतामा रोपौं। हरेक याममा नेपालमा मौसमी फलफूल फलिरहुन, नेपाल बिश्वमा बाह्रै महिना फलफूल फल्ने देश हो, यस लाई हामि बिश्वमा चिनाऔं। हामि नेपालीहरु नेपाल कै फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकौं।
- नेपालका बिभिन्न ठाँउमा रहेका जमीनहरुमा चक्लाबन्दी सामुहिक खेती गरौं। “देशको माटो, समृद्धिको बाटो” हामि अपनाऔं। माटो हाम्रालागि सधैं उर्वरताका साथ उत्पादनका लागि तयार छ भने हामि किन तयार नहुने, हामि माटोको साथ लिएर समृद्धिका लागि तयार होऔं।
-मातृभूमिको माटोले भनि रहेको छ,“ए युवाहरु मेरो साथमा आउ, म सधैं तपाँईहरुको साथमा छु, बोल्न सक्दिन तर अमुक भएर सत्यतामा म अडिग छु, मैले जे रोप्छौ त्यसको फल अबिरल रुपमा दिई रहनेछु” भने हामि सबै बेरोजगारयुवाहरु एकजुट होऔं, हरेक प्रदेशमा बहुसंख्यक युवाहरु कृषिको उत्पादनमुलक कार्यमा जुटौं।
-मातृभूमिको बिभिन्न स्थानहरुमा रहेका पर्यटकीय स्थानहरु, कृषि ब्यवशायलाई आकर्षक बनाई कृषि पर्यटनको बिकास र बिस्तारमा सहयोग पु-याउने कार्यक्रम संचालन गरौं।
- देशका मुख्य राजमार्ग लाई अझै बढी सुन्दर बनाऔं, सडकहरुको दुबै किनारामा बृक्षारोपण गरी राजमार्गहरुलाई आकर्षक बनाउने कार्यक्रमहरु संचालन गरौं आदि। बिभिन्न स्थानहरुमा यसका अतिरिक्त के गर्ने सो बारे पनि सम्बन्धित बिग्यहरुबाट उचित कार्ययोजना तयार गरि संचालनमा ल्याउने कार्यक्रम अगाडी बढीरहेको छ।
“ हरेक ब्यक्तिले आफु संग हुने २४ घण्टाको समयबाट आफ्ना लागि माटोको साथमा केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यताहो।“
मातृभूमि अभियानको नाम बाट देशमा राष्ट्र र समाजको समृद्धिका लागि केही गर्न सकिएला भन्ने हामि सहभागिहरुको सोंच रहेकोछ। यस साझा अभियानमा हामिहरु सबैको सहयोग र पूर्ण समर्थनको आवश्यकता रहने बिश्वास लिईएको छ। यस कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाउन यहाँहरुको अमुल्य सुझावहरुको अपेक्षा गरिएको छ।
जय मातृभूमि ।
*मातृभूमि अभिया नसंचालनका लागि नेपालको कानून बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाण्डौं मा दर्ता गरिएको “मातृभूमि” नामक संस्था हो।*
संस्थाकोनाम: मातृभूमि ।
संस्था दर्ता मिति: २०७१।०५।०५
संस्था दर्ता नं. :१४३
समाज कल्याण परिषद आबद्धता नं. :४५३४९
यस संस्थाले बिगत २०५९ साल देखि सम्पर्कको आधारमा संगठित भई २०७१ साल देखि बैधानिक रुपमा नेपालमा नागरिक सरोकारका विविध क्षेत्रहरु जस्तै भगवान र देवी देउताको लागि, आमा बाबु र पुर्खाहरुका लागि, प्रकृतिको संरक्षण सम्बर्धनका लागि, शिक्षाको क्षेत्र, राष्ट्र र समजाका विविध क्षेत्रहरु, मातृभूमि मा गर्न सकिने अन्य कार्यहरु र ब्यक्तिको सर्वाङ्गीण बिकासका कार्य क्षेत्रहरुमा“ समृद्धिका लागि साझा अभियान” को मूल नाराका साथ कार्यक्रमहरु संचालन गरिरहेको छ। बिधान बमोजिम यस संस्थाले बिशुद्ध सामाजिक अभियानको नामबाट नेपाल राष्ट्रभर “मातृभूमि अभियान” संचालनमा ल्याएकोछ। जस अन्तरगत केन्द्र, ७ वटा प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीयपालिका र ६७४३ वडाहरुमा कार्य समितिहरु गठन भई प्रथम चरणमा ३७९०७ जना सक्रिय अभियन्ताहरु रहनेछन ।
मातृभूमि अभियानले सबै धर्म , संस्कार, जात-जातिहरुलाई सम्मान गरेको छ, हामि सबैले सबै धर्म, संस्कारलाई सम्मान गर्दै कोही कसैलाई पराई नसम्झिऔं, हामि हिन्दु, बौद्ध, किरात, मुस्लिम, इसाई, शिख, जैन सबै मातृभूमिका लागि कर्तब्य परायणता, सत्यता र माँयामा अगाडि बढौं। यही साझा सोंच हाम्रो मातृभूमि प्रतिको कर्तव्य र दायित्व हुन जानेछ।
जय मातृभुमि ।
Rana Chand PhD.
Kathmandu, Nepal.